फलोअप: 'ड्रिंक एण्ड ड्राइभ'पछि पोलमा ठोक्कियो

पाेखरा | साउन ७, २०८०

फलोअप: 'ड्रिंक एण्ड ड्राइभ'पछि पोलमा ठोक्कियो Photo: Nabin Baral

पोखरा:    पोखरा ७ बुलौदीस्थित (शनिबार) बुलेट मोटरसाइकल बिजुलीको पोलमा ठोक्किदा गम्भीर घाइते भएका दुईजनाको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

 

ग १९ प ६०६८ नम्बरको बुलेट मोटरसाइकल बिजुलीको पोलमा ठोक्किदा दुवैजना गम्भीर घाइते भएका थिए । 

 

उपचारको क्रममा मेट्रोसिटी लगिएको उनीहरुको मेडिकल रिपोर्टले मादक पदार्थ सेवन गरेको पुष्टि गरेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बेद जोशीले बताए ।  
 

डिएसपी जोशीका अनुसार दुवैजना खतरामुक्त छन् ।

 

‘चालक कुलदेव र संगम थापा दुइटै मापसे देखिएको छ, सुनगाभा न्यूजँग उनले भने, ‘कुलदेवलाई ८ वटा टाँका लगाएर वार्डमा सारिसकेको छ भने संगम थापाको नाकबाट रगत बगेको कारण आइसियुमै राखेर उपचार भइरहेको छ । तर दुवैजना खतरामुक्त छन् ।’

 

शनिबार बिहान करिब ५ः४५ बजे बुलौदीस्थित सडक किनारमा रहेको बिजुलीको पोलमा बुलेट मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।

 

सोही स्थानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सवारी सचेतनासम्बन्धि बोर्ड राखेपनि दुर्घटना भइरहन्छ ।
 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्